अग्रिम राजस्व तिर्न थाले सगरमाथा निकुञ्ज क्षेत्रमा उड्ने हेली कम्पनीले
सोलुखुम्बु : सगरमाथा राष्ट्रिय निकुञ्जले अनुमति नलिएका हेलिकप्टरलाई निकुञ्ज क्षेत्रमा उडान तथा अवतरणमा कडाई गरेको छ।
फाप्लु विमानस्थल र तेञ्जिङ हिलारी विमानस्थललाई निकुञ्जसँग अनुमति नलिएका हेलिकप्टरलाई उडान तथा अवतरणको अनुमति नदिन पत्राचार गरेसँगै राजस्व संकलनमा वृद्धि भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिए।
हेलिकप्टरहरूले जथाभाबी निकुञ्ज क्षेत्रमा उडान भर्न थालेको र राजस्वसमेत नबुझाएका कारण कडाई गरेको उनको भनाई छ।
फागुन १८ गतेदेखि अनुमतिविना निकुञ्ज क्षेत्रमा उडान तथा अवतरण गरेको पाइएमा पाइलट तथा विमानलाई नियन्त्रणमा लिने निर्णय गरेसँगै अहिले कम्पनीहरूले अग्रिम रुपमा राजस्व बुझाउन थालेका छन्।
हेलिकप्टर कम्पनीहरूले प्रत्येक पटक अवतरण गरेको ३ हजार रूपैयाँ राजस्व बुझाउँदै आएका छन्। हेलिकप्टर उडान र अवतरणको अनुगमन नेपाली सेनाले गरिरहेको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam