दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदिया पक्राउ
काठमाडौं : भारतको दिल्ली राज्यका उपमुख्यमन्त्री मनिष सिसोदियालाई सीबीआईले पक्राउ गरेको छ ।
आम आमी पार्टीबाट दिल्लीको उपमुख्यमन्त्री सोसिदियालाई सीबीआईले आइतबार ८ घण्टा सोधपुछ गरेको थियो। सिसोदियालाई दिल्लीमा मदिरा नीति मार्फत व्यापारीहरूलाई फाइदा पुर्याएको आरोपमा अनुसन्धानको क्रममा हिरासतमा लिएको हो।
जुलाई २०२२ मा, दिल्लीका लेफ्टिनेन्ट गभर्नर वीके सक्सेनाले मनिष सिसोदियाविरुद्ध सीबीआई जाँचको माग गरेका थिए। सक्सेनाले सिसोदियाले नियमको बेवास्ता गरेर भ्रष्टाचार गरेको आरोप लगाएका थिए। यसपछि ईडी र सीबीआईले सिसोदियाविरुद्ध अनुसन्धान सुरु गरेका थिए।
सिसोदिया आम आदमी पार्टीका दोस्रो मन्त्री हुन् जसलाई केन्द्रीय एजेन्सीले एक वर्षभन्दा कम समयमा पक्राउ गरेको छ। यसअघि दिल्लीका स्वास्थ्य मन्त्री सत्येन्द्र जैनलाई मे २०२२ मा प्रवर्तन निर्देशनालय (ईडी) द्वारा पक्राउ गरिएको थियो, उनी अझै जेलमा छन्।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam