अपडेट : ग्रिसमा रेल दुर्घटनामा ३२ को मृत्यु

एजेन्सी-ग्रीसमा मंगलबार अबेर राति दुईवटा रेल आपसमा ठोक्किँदा ३२ जनाको मृत्यु हुनुको साथै कम्तlमा ८५ जना घाइते भएका सीएनएनले जनाएको छ।

ग्रीसको लारिसा सहरनजिकैको मध्य ग्रीसको टेम्पीमा मंगलबार साँझ ३ सय ५० भन्दा बढी यात्रु बोकेको यात्रुवाहक रेल एक मालवाहक रेलसँग ठोक्किँदा कम्तीमा ३२ जनाको मृत्यु हुनुका साथै ८५ भन्दा बढी घाइते भएका ग्रीसको फायर सर्भिसले जनाएको छ।

उद्धारको प्रयास जारी छ र मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। ग्रीक फायर सर्भिसका प्रवक्ता भासिलिस वार्थाकोगियानिसलाई उद्धृत गर्दै १ सय ९४ यात्रुलाई सुरक्षित रूपमा थेसालोनिकी लगिएको सीएनएनले जनाएको छ।

TOP