राप्रपा लुम्बिनी प्रदेश सरकारबाट बाहिरिने संकेत देखिएन
कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टीले गत १३ गते शनिबार संघ सरकारबाट बाहिर निस्क्यो । राप्रपाले वर्तमान केन्द्र सरकार अनुपयुक्त भएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको हो ।
राप्रपाले क्रियाशील रहेको बेला वर्तमान सत्ता सहकार्यमा आकस्मिक परिवर्तन भई मुलुक पुनः सत्ता केन्द्रित अस्थिरतातर्फ धकेलिएको भन्दै सरकारबाट समर्थन फिर्ता लियो । सत्तामा रहिरहनु अनुपयुक्त हुने ठहर गर्दै राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिई सरबारबाट बाहिरिने निर्णय गरेको थियो ।
यसै अनुरुपमा प्रदेश सरकारलाई पनि दिएको समर्थन फिर्ता लिई सरकारबाट बाहिरिने निर्णयसमेत गरेको छ । राप्रपाले प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको ५ दिन बित्दा पनि प्रदेश सरकारबाट निस्कने नैतिकता देखाएको छैन ।
राप्रपाबाट लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री बनेका जानकी प्रसाद यादवले अझैसम्म सरकारबाट राजीनामा दिएका छैनन् । केन्द्र सरकारबाट बाहिरिए पनि प्रदेश सरकारमा सत्ताको लोभमा बसेको हुन सक्ने राजनीतिक स्थिति देखिएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam