होलीमा रङ लगाउनुपूर्व यस्तो गर्नुहोस्
काठमाडौं : यतिखेर होली पर्व मनाइँदै छ। रङहरूको पर्व भनेर चिनिने होलीमा विभिन्न रङ एक आपसमा लगाएर मनाइने गरिन्छ।
रातो, नीलो, कालो, हरियो, पहेंलो रङ होलीमा विशेष गरी प्रयोग गरिन्छ। रमाइलो र एकापसमा आत्मीयता साटासाटका लागि लगाइने यस्ता रङले हाम्रो शरीरलाई केही असर समेत गरेका हुन्छन्।
होलीमा रङ लगाउनुपूर्व यस्तो गर्नुहोस्
त्यसैले होलीमा रङ लगाउनुपूर्व बाक्लो गरी भ्यास्लिन तथा मोइस्चराइजर क्रिम लगाउनुपर्छ। यसले गर्दा छाला चिल्लो भएकै कारण रङले छालामा धेरै असर गर्न पाउँदैन। यस्तै रङ लगाउँदा आँखा, कानमा सकभर रङ पार्नु हुँदैन।
रसायनयुक्त रङले कपालमा असर गर्ने हुँदा होली खेल्नुअघि कपालमा धेरै तेल लगाउनु राम्रो हुन्छ। यसले गर्दा रङ पखाल्न सजिलो हुनुका साथै चिल्लोकै कारण रङमा भएका घातक रसायनले कपालमा असर गर्दैन।
धेरै समय शरीरमा रङ नराख्नुस्
सकभर रङ लामो समय अनुहारमा राख्नु हुँदैन। सकभर रङ लगाएको एक घन्टामा पखाली सक्नु पर्छ। यसरी रङ पखाल्दा सकभर चिल्लोयुक्त साबुन वा फेसवासहरले रङ पखाल्ने गर्नुपर्छ। रङ लगाउँदा छाला चिलाउने, रातो हुने, फोका उठ्ने जस्ता समस्या देखिएमा चिकित्सकलाई देखाउनुपर्छ।
कस्तो रङ प्रयोग गर्ने
रङ छनोट गर्दा वा किन्दा अलि नरम खालको छनोट गर्नुपर्छ।
हाल बजारमा पाइने प्रायः धेरै रङमा सिसा, मर्करी, पेट्रोलियम जस्ता स्वास्थ्यका लागि हानिकारक तत्त्व प्रयोग गरिएको हुन्छ। यसरी रसायनहरूको मिसावटबाट बनाइने रङहरूमा एस्वेस्टस र सिलिका जस्ता तत्त्व पनि हुन्छन्।
यी तत्त्वले आँखा र छालामा संक्रमण गर्नुका साथै दम, खोकी जस्तो संक्रमण हुने हुँदा रङको छनोट गर्दा ध्यान दिनु पर्छ। सकभर नरम रङ छनोट गर्नु पर्छ नरम रङमा अलि कम हानिकारक तत्त्व रहेको हुन्छ।
रङमा भएको रसायनले आँखा तथा छालामा असर गर्छ। यसले गर्दा छाला चिलाउने, सुन्निने, पोल्ने, आँखाको सेतो भाग तथा ढकनी सुनिने, आँखामा घाउ आउने हुनेजस्ता समस्या आउन सक्छन्। यो रङ निलेमा वान्ता हुने, छाती पोल्ने, टाउको दुख्ने, पखाला लाग्ने जस्ता समस्या देखिनुका साथै पेट, रगत, मस्तिष्क, कलेजो जस्ता अंगलाई पनि हानि पुर्याउँछ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam