अनुगमन समितिले सिल गर्यो बुटवलको लम्साल पेट्रोल पम्प
बुटवल : जिल्ला अनुगमन समिति रुपन्देहीले अनुगमन गर्दा मापदण्डविपरीत इन्धन बिक्री गरेको भेटेपछि बुटवल-१२ स्थित लम्साल आयल पेट्रोल पम्पलाई सिल गरेको छ।
नापतौल विभागको मापदण्डअनुसार प्रत्येक ५ लिटर परिमाणमा १५ एमएल थोरै वा ३० एमएलसम्म बढी बिक्री गर्न पाइन्छ। तर लम्साल पेट्रोल पम्पले ६५ एमएलसम्म बढी बिक्री गरेको भेटेपछि पम्प सिल गरिएको गुणस्तर नापतौल कार्यालय बुटवलले जनाएको छ।
कार्यालयका अनुसार पेट्रोलियम पदार्थ यसरी कम र बढी गरेर बेच्ने पम्पलाई ५० हजारदेखि रूपैयाँदेखि १ लाख रूपैयाँसम्म जरिवाना हुन सक्ने प्रावधान ऐनमा छ।
अनुगमन समिति संयोजक एवं रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालका अनुसार अनुगमनका क्रममा ४ वटा पेट्रोल पम्पले मापदण्ड पालना गरेको देखिएको र लम्साल पेट्रोल पम्पमा फरक देखिएको थियो।
पेट्रोल पम्पका सञ्चालक पशुपति लम्साललाई ३ दिनभित्र गुणस्तर तथा नापतौल कार्यालय बुटवलमा उपस्थित हुन आदेश दिइएको छ।
अनुगमन टोली आउने सूचना पाएपछि सञ्चालकले कम बिक्री गरिरहेकोमा परिमाणको हिसाब मिलाउन यस्तो प्रयास गरेको हुन सक्ने आशंका समितिले गरेको छ।
समितिले अनुसन्धानको क्रममा तथ्य पत्ता लाग्ने र मेसिन नै बिग्रिएको भए मेसिन बनाएपछि प्रक्रिया पूरा गरेर पम्प सञ्चालनको अनुमति दिने जनाएको छ।
समितिले बुटवलको लम्साल आयलसँगै सैनामैनास्थित भुसाल डिजल्स, गैरे टायर्स एण्ड ओयल डिस्ट्रिब्युटर्स, लुम्बिनी डिजल सेन्टर र एसके डिजल सेन्टरको अनुगमन गरेको थियो।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना
भदौ १६, २०८३
काठमाण्डौ – आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । साथै आज राति…



ghanashyam