१८ महिनामा पूरा हुनुपर्ने स्वास्थ्य चौकी सात वर्ष बित्दा पनि बनेन
बागलुङ : बागलुङ नगरपालिका–१० भकुण्डेस्थित स्वास्थ्य चौकी निर्माणका लागि २०७२ कात्तिक १८ गते रछिना एण्ड कन्ट्रकसन प्रालिले जिम्मा लियो। तर १८ महिनामा सक्ने भनिएको निर्माण सात वर्ष बितिसक्दा पनि पूरा भएको छैन।
ठेकेदार कम्पनीले समयमै काम गरेको भए २०७४ वैशाखमै सकिने थियो। भवन समयमै सम्पन्न नहुँदा सेवा प्रवाहमा समस्या आएको छ। बागलुङ नगरपालिका–१० भकुण्डेमा रहेको स्वास्थ्य चौकी अहिले वर्षौँ पुरानो भवनबाट सञ्चालन हुँदै आएको छ।
लामो समय निर्माण कम्पनी बेखबर हुँदा सेवाग्राहीले सहज रूपमा सेवा पाउन सकेका छैनन्। भवन सम्पन्न गर्नग पटक–पटक म्याद थप गरे पनि अहिलेसम्म काम पूरा हुन नसकेको सघन शहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर योगेन्द्र बस्ताकोटीले बताए।
कार्यालयले केही दिन अगाडि ठेक्का तोड्नका लागि सूचना प्रकाशन गरेको र निर्माण कम्पनीले माघ महिनाभित्रै काम सक्ने भन्दै पत्र पठाएको इन्जिनियर बास्ताकोटीले बताए । ठेक्का तोड्ने या काममा लगाउने भन्ने विषयमा निर्णय भने नभएको उनको भनाइ छ।
‘यतिका समय भयो काम सम्पन्न हुन सकेन, अब १० प्रतिशत मात्रै काम गर्न बाँकी छ, त्यत्ति काम पनि निर्माण कम्पनीले गरेको छैन’, इन्जिनियर बास्ताकोटी भन्छन्, ‘धेरै काम सकिएको छ, अब शौचालयमा झ्याल ढोका बनाउन बाँकी छ। अब यही कम्पनीलाई काम सक्न ताकेता गर्ने कि अर्कोलाई दिने केही दिनमा निर्क्योल हुन्छ।’
स्थानीयले भवन निर्माणमा राम्रो सहयोग गरे पनि निर्माण व्यवसायी काम सक्न अटेर गरिरहेको छ। इन्जिनियर बस्ताकोटीका अनुसार भवन एक करोड ७० लाख ४८ हजार रुपैयाँमा निर्माण थालिएको थियो। हालसम्म ८० प्रतिशत भुक्तानीसमेत लगिसकेको उनले बताए।
स्वास्थ्य चौकी प्रमुख उमेश सर्बुजाले समयमै भवन नबन्दा पुरानो साँघुरो भवनबाटै सेवा प्रवाह गर्नु परेको गुनासो पोखे । साँघुरो भवनबाट सेवाग्राहीले सास्ती खेप्नु परेको उनले बताए। एउटै भवनबाट बर्थिङ सेन्टर, खोप, बिरामी जाँच्ने लगायत काम गर्नु पर्दा सेवा छिटो र छरितो बन्न नसकेको उनको भनाइ छ।
‘पुरानो भवनमा पर्याप्त कोठा छैनन्, एकै पटक धेरै बिरामीहरु आए भने कहाँ जाँच गर्ने?, कहाँ खोप लगाउने ?, कहाँ प्रसूति गराउने भन्ने समस्या छ’, स्वास्थ्य चौकी प्रमुख सर्बुजाले भने, ‘बिरामी उपचारका लागि आउँछन्। धेरै बेर पर्खिनु पर्ने अवस्था छ। भवन अभावकै कारण विश्राम गर्ने उपयुक्त ठाउँसमेत छैन।’
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam