स्ववियु निर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन


काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत सोमबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदै छ।

निर्वाचन कार्यतालिकाअनुसार दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।

शनिवार उम्मेदवारी दर्ता गरिएको थियो भने आइतवार दाबीविरोध भएको थियो।

स्ववियु निर्वाचन चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ। निर्वाचन देशभरिका त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ।

दुई/दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०६५ सालयता नियमित भएको छैन। यसअघि २०७३ चैत १५ गते निर्वाचन भएको थियो।

TOP