आईलीगमा किरण बने उत्कृष्ट गोलकिपर
काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ भारतीय आईलीगमा उत्कृष्ट गोलकिपर घोषित भएका छन्।
आईलीगमा पञ्जाब एफसीबाट खेलेका किरण आइतबार राति सम्पन्न लीगमा उत्कृष्ट गोलकिपर घोषित भएका हुन्। किरणको टिम पञ्जाबले एक खेल बाँकी हुँदै लिग उपाधि जितेको थियो।
च्याम्पियन बनेसँगै किरणको टिम पञ्जाब इन्डियन सुपर लिग (आईएसएल)मा बढुवा भएको छ।
आईलिगमा किरण यसअघि पनि उत्कृष्ट गोलकिपर चुनिएका थिए।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam