नेम्वाङ एमाले संसदीय दलको उपनेता नियुक्त
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ संसदीय दलको उपनेता नियुक्त भएका छन्।
पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले सोमबार नेम्वाङलाई उपनेता नियुक्त गरेका हुन्। हालै राष्ट्रपति निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवारसमेत भएका नेम्वाङ रामचन्द्र पौडेलसँग पराजित भएका थिए।
नेम्वाङ यसअघिको संसदमा पनि संसदीय दलको उपनेता भइसकेका छन्। उनी पूर्वसभामुख एवं संविधानसभा अध्यक्ष पनि हुन्।
ओलीले आइतबार संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश वर्ताैलालाई नियुक्त गरेका थिए।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam