नेपाल मित्रराष्ट्रको सहयोगबाट अघि बढ्न चाहन्छ : सभामुख
काठमाडौं : सभामुख देवराज घिमिरेले नेपालले सबै मित्रराष्ट्रको साथ र सहयोगबाट अघि बढ्ने अपेक्षा राखेको बताएका छन्।
अन्तर व्यवस्थापिका संघ (आर्एपीयू) को १४६औँ महासभालाई बहराइनको राजधानी मनामामा सोमबार साँझ सम्बोधन गर्दै उनले असंलग्नता नेपालको परराष्ट्र नीतिको आधारभूत पक्ष भएको बताए।
उनले नेपालको संघीय संसद् लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षक भएको बताए। सभामुख घिमिरेले संविधानसभाबाट निर्माण भएको संविधानले मौलिक हक तथा सामाजिक न्याय, बालिग मताधिकार, स्वतन्त्र न्याय प्रणाली तथा सामाजिक समावेशीकरणका माध्यमबाट नागरिकलाई एकताको सूत्रमा आबद्ध गराएको बताए।
‘हाम्रो संसद्ले राज्यव्यवस्था र शासन प्रणालीमा नै परिवर्तन ल्याएको छ, अर्कोतर्फ नागरिकका मुद्दामा सरकारलाई जवाफदेही बनाउँदै संसदीय गतिविधि गर्दै आएको छ’, उनले भने।
उनलेसंसद् मुलुकको सर्वोच्च जनप्रतिनिधिमूलक संस्था भएको र नागरिकको सर्वभौमसत्ताको प्रयोग गर्ने मूल थलो भएको प्रष्ट पारे। ‘संसदमा जनताका प्रतिनिधि निश्चित अवधिका लागि चुनिने गर्छन्, हरेक मुलुकले आफ्नो अनुभवका आधारमा आफ्नै मौलिक संसदीय शासन प्रणाली विकास गरेका छन्’, उनले भने, ‘एकअर्काका अभ्यास र सिकाइले संसदीय व्यवस्थालाई प्रभावकारी र बलियो बनाउन मद्दत पुग्ने विश्वास लिएको छु।’
संयुक्त राष्ट्रसंघको बडापत्रका सिद्धान्तलाई कायम राख्ने, राष्ट्रिय स्वतन्त्रतालाई समर्थन गर्ने, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको संरक्षण गर्ने उद्देश्यले स्थापित नामको सान्दर्भिकता विश्वशान्तिविरुद्ध हुने गतिविधि, घरेलु मामिलामा हस्तक्षेप, असमानता र अनुचित व्यवहारका घटनाका कारण अझै वृद्धि भएको उनको भनाइ थियो।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam