अकोराव कोशी प्रदेशले जारी गर्यो ७ बुँदे घोषणापत्र
विराटनगर : सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) कोशी प्रदेशको पहिलो साधारणसभा तथा प्रदेश भेलाले सामुदायिक रेडियोको दीगोपनाका लागि प्रसारकहरु एक भएर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ।
विराटनगरमा मंगलबार सम्पन्न साधारणसभाले ७ बुँदे घोषणा पत्र जारी गर्दै यस्तो निष्कर्ष निकालेको हो।
रेडियोको दीगोपना र क्षमता विकासका लागि सरकार र सरोकारवालासँग समन्वय गर्ने, प्रदेश सरकारलाई लोककल्याणकारी विज्ञापनको नीति ल्याउन र सामुदायिक रेडियोलाई उपलब्ध गराउने सहयोगलाई निरन्तरता दिन माग गर्ने, समुदायको आवाजका रुपमा सामुदायिक रेडियोलाई विकास गर्ने, रेडियो नविकरण सम्बन्धित जिल्लामा नै गर्ने व्यवस्था मिलाउन सरकारसँग अनुरोध गर्ने, प्रादेशिक सामुदायिक प्रसारणको अवधारणा ल्याउने र त्यो प्रसारणमा सबै सामुदायिक रेडियो समेट्ने लगायतका विषय घोषणापत्रमा समेटिएको अकोरावका प्रदेश सचिव पूर्णप्रसाद न्यौपानेले जानकारी दिए।
कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय अध्यक्ष अर्जुन गिरीले राज्यले सामुदायिक रेडियोलाई विभेदपूर्ण व्यवहार गरेको बताए।
राज्यका तीन वटै तहले सामुदायिक रेडियो सञ्चालनमा सहयोग गर्नुको सट्टा नियमन गर्ने नीति ल्याउने जमर्को गरेको भन्दै रेडियो सञ्चालहरुले त्यसविरुद्ध आवाज उठाउनुपर्नेमा जोड दिए। अकोरावले रेडियोका समस्या समाधानका लागि नीतिगत पहल गरिरहेको उनको भनाई थियो।
सामुदायिक रेडियो प्रसारक संघ प्रदेश समिति सामुदायिक रेडियोहरुको हक हित संरक्षका लागि सदैव तत्पर रहेको र आगामी दिनमा प्रदेश सरकारसँगको सहकार्यमा रेडियोकर्मी र रेडियोमा कार्यरत प्राविधिकहरुको क्षमता अभिवृद्धिका कार्यक्रमहरु ल्याउने अकोराव कोशी प्रदेशका अध्यक्ष विदुर खवासले बताए।
कार्यक्रम सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय अध्यक्ष अर्जुृन गिरी, केन्द्रीय उपाध्यक्ष, नेपाल सरकार विज्ञापन बोर्डका सदस्य बन्दना दनुवार, पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष लिलावल्लभ घिमिरे, पत्रकार महासंघ कोशी प्रदेशका संस्थापक अध्यक्ष विक्रम लुईटेल, विज्ञापन बोर्डको सदस्य पवन अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए।
साधारण सभामा कोशी प्रदेशभरिका सामुदायिक रेडियोका सञ्चालक तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
साधारण सभाअघि लैंगिक समानताका लागि सामुदायिक रेडियो विषयक कार्यशाला पनि भएको थियो। कार्यशालामा लैंगिक समानताका लागि सामुदायिक रेडियोले खेलेको भूमिका र रेडियोमा बज्ने हरेक सामग्रीमा लैंगिक समानताका विषयमा प्रस्तुत गरिएका सामग्रीका विषयमा छलफल गरिएको थियो।
कार्यशालाको अकोरावका उपाध्यक्ष वन्दना दनुवारले सहजीकरण गरेकी थिइन्। रेडियो उदयपुरले उक्त कार्यशाला आयोजना र व्यवस्थापन गरेको थियो।
कार्यशालाका सहभागीले हाल रेडियोहरुमा बजिरहेका, विज्ञापन, गीत‚ संगीत, समाचार, कार्यक्रमहरुमा लैंगिक विभेद, हिंसा निम्त्याउने खालका सामग्री प्रसारण गर्न नहुने बताएका थिए।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam