अहिलेका समस्या विपीले होइन‚ हामीले समाधान गर्नुपर्छ : गगन थापा
काठमाडौं : नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेसभित्रैबाट वीपी कोइरालामाथि अन्याय भइरहेको बताएका छन्।
आजको समस्या समाधान गर्न पनि वीपी कोइरालाले नै भनिदिएको हुनुपर्ने अवस्था पार्टीभित्र रहनु वीपीमाथि नै काँग्रेसले अन्याय गर्नु हो भन्ने उनको तर्क थियो। नेपाल ट्रेड युनियन काँग्रेसको मंगलबार काठमाडौंमा सुरु भएको नीति अधिवेशनमा उनले नेपालमा सृजना भएका रोजगारीमा नेपालीहरुले काम नपाउने चुनौती आज रहेको र त्यसको समाधान वीपी कोइरालाको भनाईलाई खोजेर गर्न नसकिने बताए।
उनले हाम्रो भागको समस्याको समाधान हामी आफैंले गर्नुपर्ने भन्दै त्यसमा लाग्न पनि ट्रेड युनियन काँग्रेसका पदाधिकारीलाई सचेत गराए।
‘रोजगारी सृजना हुन्छ तर नेपालीले पाउँदैनन् त्यसमा काम। आज के कति कारणले नेपाली कामदार काम लागिरहेका छैनन्? सानो गार्मेन्ट खोल्ने मान्छेलाई हामीले कुरा गर्न गयो भने के कति कारणले गर्दा होला उसले पनि नियतवश नेपालीलाई कामै दिन्नँ भनेको त होइन होला। तर के, कति कारणले नेपाली कामदारहरु काम लागिरहेको छैनन्? आजको च्यालेन्ज यस्तो आएको छ‚’ महामन्त्री थापाले भने‚ ‘यस्तो बेलामा पनि हामीले पुरानो वीपी कोइरालाले यसको बारेमा केही केही बोलिदिनु भएको थियो कि, भनिदिनु भएको थियो कि भनेर त्यहाँ खोज्न जानु भनेको त वीपीमाथि अन्याय गर्नु हो। केही भन्नु भएको रहेनछ भन्नु त अन्याय गर्नु हो नि। हाम्रो भागमा पढिदिनुपर्ने पनि उहाँले‚ हाम्रो भागको समस्याको समाधान पनि उहाँले गर्नुपर्ने कि हामीले गर्नुपर्ने? यो अहिलेको चुनौति हो। यसको समाधान हामीहरुले नै खोज्नु पर्छ।’
उनले वीपी कोइराला काँग्रेसका लागि मूल विचारधाराको स्रोत भए पनि आजको चुनौती हामी आफैंले समाधान गरेर अघि बढ्नुपर्ने बताए। उनले पार्टीभित्र विचार निर्माणको सवालमा खुलेर बहस गर्नुपर्ने बेला आएको पनि उल्लेख गरे।
त्यसका लागि आफूले केही वैचारिक छलफल चलाउन खोजेको तर त्यसमा पार्टीभित्रैबाट साथ नपाएको गुनासो उनले गरे। उनले वैदेशिक रोजगारीमा जान दिने अनि त्यसो गर्नु गलत छ भनेर मुलुकलाई अघि बढाउन नसकिने बताए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam