पूर्वाग्रह राखेर कसैको सरुवा हुँदैन : मन्त्री मोदी
काठमाडौं : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पूर्वाग्रह राखेर मन्त्रालयले कसैको पनि सरुवा नगर्ने स्पष्ट पारेका छन्।
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पाँचाैँ विभागीय अधिवेशनलाई सम्बोधन गर्दै उनले निजामती प्रशासनभित्र देखिएको बेथितिलाई सुधार गरिने बताए।
‘निजामती प्रशासनभित्रका बेथिति सुधार गर्नुपर्छ भन्दा केही मान्छेमा छटपटी भएको छ’ उनले भने, ‘वृत्तिविकासका लागि पनि एकै ठाउँमा बसिरहने कुरा राम्रो होइन, तर मेरो प्रष्ट कुरा के छ भने पूर्वाग्रह राखेर कसैको पनि सरुवा गर्दैनौँ।’
कर्मचारी जनताको सेवकभन्दा बढी राजनीतिमा क्रियाशील भएको गुनासो बढिरहेको जनाउँदै मन्त्री मोदीले जनताका कामलाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिए। ‘तपाईंहरू आस्था र विचारको हिसाबले कुनै एउटा दलसँग नजिक हुनुहोला तर म भन्न चाहन्छु, तपाईं हाम्रो एउटै उद्देश्य भनेको देश र जनताको सेवा गर्नु हो”, उनले भने।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam