गिट्टीमा परिणत हुँदै कालीगण्डकी क्षेत्रका शालिग्राम
म्याग्दी : अवैधरूपमा नदीदोहनका कारण बहुमूल्य शिला शालिग्राम गिट्टीमा परिणत हुन थालेको छ।
नदीको वातावरणीय र पारिस्थितिक स्थितिमा नै खतरा उत्पन्न हुनेगरी भइरहेको नदी दोहनका कारण कालीगण्डकी नदीको जलचक्र प्रणाली पनि खल्बलिन पुगेको वातावरण संरक्षणकर्मी बताउँछन्। अवैधरूपमा भइरहेको नदी दोहनले मानव जाति र प्रकृतिमाथि संकट निम्ताइरहेको उनीहरू बताउँछन्।
नदीबाट जथाभावी डोजर र स्काभेटरको प्रयोग गरी गिटी, बालुवा र ढुङ्गा शालिग्राम शिला गिट्टीमा परिणत हुँदै गएका शालिग्रामका अध्यता रंगराज आचार्यले बताए।
शालिग्रामभित्र सुनलगाएतका बहुमूल्य धातु हुने भएकाले विशेषगरी भारतीय ले दामोदरकुण्डदेखि गुल्मीको रिडीसम्मको कालीगण्डकी क्षेत्रबाट व्यापकरूपमा चोरी निकासी भइरहेको बताइए पनि प्रशासनले चासो देखाएको छैन।
कालीगण्डकीको शालिग्राम पछिल्लो समय भारत हुँदै तेस्रो मुलुक (युरोप,अमेरिका) तिर निर्यात भइरहेको सुनिएको थालेको भारतको इब्राइमपुरस्थित रंगवेंकटेश मन्दिरका आचार्य टीकादत्त सिग्देलले जानकारी दिए।
तेस्रो मुलुकमा शालिग्राम महङ्गो मूल्यमा बिक्री हुने गरेको बताइएको छ। त्यहाँ संगमरमरको बिचमा शालिग्राम शिला बिछ्याउने र शालिग्राम फोडेर धातु निकाल्ने गरिएको जानकारहरू बताउँछन्।
मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले शालिग्रामको अवैध चोरी निकासी बढ्दै गएको बताए। ‘कालीगण्डकीमा मात्र पाइने शालिग्राम विभिन्न माध्यम हुँदै छिमेकी मुलुक भारतका ठूलाठूला धार्मिक स्थलसम्म पुग्ने गरेको छ’, उनले भने।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam