आरक्षण दिँदासम्म दलितमाथिको उत्पीडन समाप्त हुँदैन : वामदेव गौतम
काठमाडौँ : राष्ट्रियसभा सदस्य वामदेव गौतमले दलित समुदायलाई जातको आधारमा आरक्षण दिँदासम्म उनीहरूमाथि भएको उत्पीडन अन्त्य नहुने बताएका छन्।
शुक्रवार राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै राष्ट्रियसभा सदस्य गौतमले दलित समुदायलाई जातको आधारमा आरक्षण दिन नहुने बताएका छन्।
उनले भने, ‘आरक्षण रहँदासम्म उत्पीडन समाप्त हुँदैन। आफूले आफैँलाई उत्पीडित भनेर जनप्रतिनिधित्व हुन्छ। म दलित समुदायबाट प्रतिनिधित्व गरेको हुँ भनेपछि अब त्यो समुदाय चाहिँ दलित भइरहनु पर्यो। तब न प्रतिनिधित्व हुन्छ। त्यसबाट मुक्त हुने व्यवस्था यसले गर्दै गर्दैन।’
उनले जातको आधारमा आरक्षण दिएका कारण दलित समुदायमाथि भएको उत्पीडनको अहिलेसम्म अन्त्य हुन नसकेको बताए।
उनले दलित भनेर प्रतिनिधित्व पनि गराउन नहुने स्पष्ट पारे। उनले कसैले कसैलाई दलित र उत्पीडित भन्न नहुने भन्दै उनले सबै मानिस एकै भएको बताए। दलित र उत्पीडित जस्ता शब्द खारेज गर्नुपर्ने उनको कथन छ।
उनले छुवाछुत गर्नेलाई आजीवन कारावास र भेदभाव गर्नेलाई कम्तिमा दश वर्ष कैद र जरिवाना गर्नुपर्ने कडा कानून बनाउन माग गरे।
गौतमले भने, ‘इतिहास साक्षी छ, उत्पीडन समाप्त गर्ने भनेर चन्द्र समशेरको पालादेखि शुरु भए पनि अझै व्यापक छ। महेन्द्रले २०१८ सालमा ल्याएको संविधानमै जातपात, छुवाछुतलाई दण्ड, सजायको विषयवस्तु बनाए। त्यो पनि समाप्त भएको छैन। उत्पीडनको नाममा हामीले खोजेको के ? मुक्ति हो भने उत्पीडन हुनु हुँदैन। आफुलाई दलित पनि भन्न हुँदैन। कडाभन्दा कडा कानून बनाउनुपर्छ।’
उनले उमेरको आधारमा पनि कसैलाई विभेद गर्न नहुने भन्दै मान्छेले मान्छेलाई गर्ने सबै प्रकारका विभेद अन्त्य गर्नुपर्ने बताए।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam