यी स्थानमा आज वर्षा


काठमाडौं : सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न ठाउँमा शनिबार बिहानैदेखि मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

दिउँसो पनि यी दुई प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए। साथै पहाडी भू–भागमा हावाहुरीसहित वर्षाको अनुमान गरिएको छ ।

काठमाडौं उपत्यकामा पनि केही ठाउँमा अपरान्हतिर मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् श्रेष्ठले जानकारी दिए। बाँकी स्थानमा आंशिक बदली रही मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।

बिहान काठमाडौंको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियम मापन भएको छ।

TOP