प्रधानमन्त्रीलाई भेट्न बालुवाटर पुगे मिटरब्याज पीडित
काठमाडौं : मिटरब्याज पीडितहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्।
त्यसका लागि उनीहरु अहिले बालुवाटारको भाटभटेनी पुगेका छन्। प्रहरीले त्यहाँबाट अघि बढ्न नदिएपछि उनीहरु सडकमा धर्नामा बसेका छन्। गएराति खुलामञ्चमा बस्न नपाएर उनीहरु सडक पेटीमा बसेका थिए।
महोत्तरीको बर्दिबासबाट चैत २ गते हिडेका उनीहरु ११ दिनको पैदल यात्राबाट काठमाडौं आएका हुन्। हिजो खुलामञ्चमा मिटरब्याज पीडितहरूलाई पस्न नदिन महानगरले नगरप्रहरी तैनाथ गरेको थियो। पछि नेपाल प्रहरी पनि थप गरियो। अपराह्न साढे ४ बजे खुलामञ्च पुगेका पीडित त्यहाँभित्र पस्न पाएनन्। त्यहाँ उनीहरूले केही बेर नाराबाजी गरेका थिए। त्यसपछि उनीहरुले सडक पेटीमै रात बिताए।
साहुबाट मिटरब्याजमा पैसा लिएका उनीहरुले चर्को ब्याजका कारण आफहरुको सम्पत्ति साहुले बेचबिखन गरिसकेको र ऋण र धितो दुवैमा पैसा गुमाउनु परे गुनासो छ। मनपरी ब्याजले बढेको ऋणको बोझमा कतिपय महिलाले शारीरिक शोषणकोसमेत सिकार हुनुपरेको गुनासो गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिटरब्याज पीडितलाई भेटेर उनीहरुको मागको तत्काल सम्बोधन हुनपर्ने जनाएका छन्।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam