विदेशमा रहेका श्रमिकका लागि आजदेखि निःशुल्क ‘टेलिमेडिसिन’ सेवा
काठमाडौं : सरकारले विदेशमा रहेका नेपाली श्रमिकका लागि आजदेखि निःशुल्क ‘टेलिमेडिसिन’ सेवा सुरु गर्दैछ।
वैदेशिक रोजगार बोर्डले विदेशमा रहेका नेपालीको स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि यो सेवा सुरु गर्न लागेको हो। यो सेवामार्फत विदेशी भूमिमा रहेका श्रमिकले टेलिफोनमार्फत आफ्नो स्वास्थ्यको समस्या तथा समाधानको उपायबारे चिकित्सकमार्फत जानकारी पाउने छन्।
वैदेशिक रोजगारमा रहेका नेपालीहरुले मोबाइल नम्बर ९८५१३–४५७०१ र ९८५१३–४५७०२ को भाइबर, हृवाट्सएप र इमेल वा सामाजिक सञ्जालबाट फोन गरी टेलिमेडिसिन सेवा लिन सक्नेछन्। बिरामी परेका श्रमिकलाई विशेषज्ञ सेवा नै आवश्यक परेमा आइतबार र शुक्रबार विशेषज्ञ सेवा पनि उपलब्ध गराइने छ।
सेवा प्रवाहका लागि बोर्डले वीर अस्पतालसँग सम्झौता गरेको जनाएको छ। सेवा लिने श्रमिकका लागि ‘प्रेस्कृप्सन’ अनलाइनमार्फत उपलब्ध गराइने र यसको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने गरी व्यवस्था मिलाइएको वैदेशिक रोजगार बोर्डले जनाएको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam