मन्त्रीको नाम टुंगो लगाउन आज कांग्रेस कार्यसम्पादन समितिको बैठक


काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबार बस्दैछ।

पार्टी कार्यालय बीपीनगर सानेपामा बिहान ११ बजेका लागि बैठक बोलाएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

पार्टीबाट सरकारमा सहभागी हुने नामको टुंगो लगाउन कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो। यसअघि गत मंगलबारका लागि बोलाइएको बैठक सत्ता साझेदारबीच मन्त्रालय भागवण्डामा सहमति नजुट्दा दुई दिन पछि सारिएको हो।

यसअघि बुधबार सत्ता गठबन्धन दलहरूले मन्त्रालय भागबण्डाको संख्यामा सहमति जुटाएका थिए। बिहीबार बिहान पुनः बैठक बसेर मन्त्रालय भागबण्डाबारे टुंगो लगाएसँगै कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमार्फत मन्त्रीको टुंगो लगाउन लागेको हो।

TOP