पाँचथरमा कार दुर्घटना : किशोरीको मृत्यु, तीनजना घाइते
काठमाडौं : मेचीमार्ग अन्तर्गत पाँचथरको फिदिममा कार दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। अन्य तीनजना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा झापा नगरपालिका–१ की १८ वर्षीया रश्मी भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गरी फर्किने क्रममा गएराति प्रदेश–१–०१–००१ च ९३४९ नम्बरको कार दुर्घटना हुँदा उनको मृत्यु भएको हो।
ज्यान गुमाएकी किशोरी र घाइते सबै एकै परिवारका हुन्। उनका बुबा ४५ वर्षीय राजु भुजेल आमा ३९ वर्षीया लीला भुजेल र राजुकी दिदी ४० वर्षीया सीता भुजेल गम्भीर घाइते भएका छन्। भाइ १३ वर्षीय राजमोहन भुजेल भने सकुशल छन्।
घाइतेहरूलाई जिल्ला अस्पताल फिदिममा उपचारका लागि पुर्याइएको थियो। उपचारकै क्रममा रश्मीको राति पौने ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका इन्स्पेक्टर एवं सूचना अधिकारी विवश कुँवरले जानकारी दिए।
घाइते तीनै जनाको उपचार बीएण्डसी अस्पताल झापामा भइरहेको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam