पूर्वराजा ज्ञानेन्द्रलाई आज इनरुवामा नागरिक अभिनन्दन गरिने
काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहलाई आज सुनसरीको इनरुवामा नागरिक अभिनन्दन गरिने भएको छ।
राजावादी नेताहरु केशरबहादुर विष्ट र सिनेट श्रेष्ठ लगायतको अगुवाइमा आज एक कार्यक्रमकाबीच पूर्वराजा शाहको नागरिक अभिनन्दन गर्न लागिएको हो।
इनरुवास्थित जेल फिल्डमा दिउँसो २ बजे अभिनन्दनको कार्यक्रम रहेको जनाइएको छ। अभिनन्दन कार्यक्रममा १ हजार १ सदस्यीय मूल तयारी समिति गठन गरिएको राजावादी नेता एवं मन्त्री केशरबहादुर विष्टले जानकारी दिए।
अभिनन्दन कार्यक्रममा राजसंस्थामा विश्वास राख्ने क्षेत्र, दल, सङ्घ–सङ्गठनमा आबद्ध व्यक्तिहरूको उपस्थिति रहनुका साथै अन्य राजनैतिक दलका प्रतिनिधिहरूको पनि उपस्थिति रहने उनले बताए।
इनरुवामा हुने अभिनन्दन कार्यक्रममा प्रदेश र आसपासबाट कम्तिमा ३० देखि ४० हजारको सङ्ख्यामा जनताको सहभागिता रहने बताइएको छ। झापामा रहेका पूर्वराजा शाह आजै झापाबाट दिउँसो सडकमार्ग हुँदै इनरुवा पुग्ने कार्यक्रम रहेको छ।
कार्यक्रमका आयोजकहरुले जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यक्रमका लागि अनुमति मागेका थिए। तर प्रशासनले कार्यक्रमका लागि अनुमति दिएको छैन। सुरक्षाको कारण देखाउँदै प्रशासनले अनुमति दिन नमानेको हो।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam