जैन धर्मका प्रवर्तक महावीरको जन्मजयन्ती तथा अहिंसा दिवस
काठमाडौं : चैत्र शुक्ल त्रयोदशीका अवसरमा महावीर जयन्ती तथा अहिंसा दिवस मनाइँदै छ।
२६२२ वर्षअघि यसैदिन वैशालीको क्षत्रीय कुण्डग्रामका अधिपति राजा सिद्धार्थ एवं रानी त्रिशलाको छोराका रूपमा जन्मिएका थिए।
राजकीय सुखसुविधा त्याग गरी उनले ३० वर्षको उमेरमा कठोर साधना सुरु गरेको बताइन्छ। १२ वर्ष ६ महिनाको कठोर तपस्यापछि सिद्धि प्राप्त गरी उनी मानव कल्याणमा लागेको जैन धर्मका जानकार बताउँछन्।
मूलरूपमा अहिंसा, अपरिग्रह र अनेकान्त भगवान महावीरका सिद्धान्त मानिएको छ। शान्ति, अहिंसा र पुरुषार्थलाई उनले विशेष जोड दिएको पाइन्छ।
महावीर जयन्तीका अवसरमा नेपाल जैन परिषद्ले जैन भवन कमलपोखरीमा मंगलबार बिहान ९ ३० बजे कार्यक्रम गर्दैछ। परिषद्का अध्यक्ष महेन्द कुमार जैनकोे अध्यक्षतामा हुने अर्चना सभा नाम दिइएको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल पनि सहभागी हुनेछन्।
यसअघि मंगलबार नै बिहान ६ः४५ बजे प्रभातफेरि शोभायात्राले नगर परिक्रमा गर्ने कार्यक्रम रहेकोछ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam