न्यूयोर्कमा ३५ हजार प्रहरी तैनाथ, ट्रम्पलाई आज पक्राउ गरिने!
न्यूयोर्क : सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प आज न्यूयोर्क अदालतमा हाजिर हुने भएका छन्। यो घटनाक्रमलाई आगामी निर्वाचनअघिको महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ।
उनीविरुद्ध आज अदालतमा औपचारिक रूपमा अभियोग लगाइनेछ। साथै उनको औंठाछाप पनि लिइनेछ। ट्रम्पलाई गत साता दोषी ठहर गरिएको थियो। उनी आपराधिक अभियोग लाग्ने पहिलो अमेरिकी पूर्वराष्ट्रपति हुन्।
ट्रम्पलाई सन् २०१६ को हश मनी मुद्दामा दोषी ठहर गरिएको थियो। उनीमाथि पोर्न स्टार स्टर्मी ड्यानियललाई पैसा दिएको आरोप छ। यद्यपि ट्रम्पले आफूलाई निर्दोष घोषणा गरेका छन्।
न्यूयोर्कको अदालत बाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ। ट्रम्पका समर्थकहरू ठूलो संख्यामा भेला भएका छन्। न्यूयोर्कमा प्रदर्शन रोक्न लगभग ३५ हजार दंगा प्रहरी तैनाथ छन्।
स्थानीय समयअनुसार दिउँसो २.१५ बजे ट्रम्पविरुद्धको आरोपको फैसला हुनेछ। अमेरिकाका पूर्वराष्ट्रपतिलाई औपचारिक रूपमा गिरफ्तार गरिनेछ। उनीमाथि गुण्डागर्दी गरेको आरोप लागेको छ। यस सम्पूर्ण प्रक्रियासँग सम्बन्धित स्रोतले ट्रम्पलाई हतकडी नलगाइने, जेलमा नराखिने र फोटो नखिच्ने बताइएको छ।
ट्रम्पका तर्फबाट मुद्दा लड्ने वकिल टोड ब्लान्च र ट्रम्पका बाँकी वकिलहरूले सोमबार न्यायाधीशलाई भिडियो, फोटो र रेडियो कभरेजलाई अनुमति नदिन आग्रह गरेका छन्। यस्तो भएमा अदालत जात्रा देखाउने ठाउँ जस्तो देखिने उनीहरूले पत्रमा उल्लेख गरेका छन्।
म्यानहट्टन जिल्लाका सरकारी वकिल एल्विन ब्रागले यसको निर्णय न्यायाधीशमा निर्भर हुने बताएका छन्।
न्यायाधीश मार्चेनले पाँचजना फोटो पत्रकारलाई अदालतमा प्रवेश गर्न अनुमति दिएका छन्। उनीहरूले प्रक्रिया शुरु हुनुअघि मात्रै फोटो खिच्न पाउनेछन्।
म्यानहट्टनको ग्रान्ड ज्युरीले एक महिना लामो सुनुवाइपछि ट्रम्पलाई अभियोग लगाएको हो। ड्यानियलले सन् २००६ मा ट्रम्पसँग यौन संसर्ग गरेको बताउँदै आएकी छन्।
२०१६ को चुनावी अभियानमा ट्रम्पले पोर्न अभिनेत्री स्टर्मी ड्यानियललाई नबोल्न भन्दै १ लाख ३० हजार अमेरिकी डलर दिएका थिए। ट्रम्पले भने ड्यानियलसँग यस्तो सम्बन्ध अस्वीकार गरेका छन्।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam