उपेन्द्रमाथि ओलीको टिप्पणी : मोरङ, सुनसरी र सप्तरीबाट उखेलिएपछि बारा आए
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको भूमिका फरक देखिएको टिप्पणी गरेका छन्।
बुधबार बाराको गढीमाईमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूलाई आपत् पर्दा दलको फेरो समाउँदै हिँड्ने उपेन्द्र माथि पुगेपछि फरक भूमिकामा देखा परेको बताएका हुन्।
‘अस्ति उहाँलाई आपत् परेको बेलामा। कांग्रेस, माओवादीले छाडेको बेलामा त्यस बेलामा एमालेले आऊ मिलेर जाऔँ साथ छ भनेर लिएर हिँड्यो। माथि पुगेपछि उहाँको भूमिका त बेग्लेबेग्लै देखिन थाल्यो,’ उनले भने।
अध्यक्ष ओलीले यादव आफू चुनाव हारेसँगै फरकफरक निर्वाचन क्षेत्रबाट चुनाव लड्ने गरेको बताए। उनले उपेन्द्रले चुनाव जितेपछि फूलमाला र अबिर लगाउनुबाहेक के गर्नुहुन्छ? भन्दै प्रश्नसमेत गरे।
‘उहाँ पहिला मोरङबाट लड्नुहुन्थ्यो त्यहाँबाट उखेल्लिएपछि सुनसरीबाट लड्नुभयो। त्यहाँबाट सप्तरी आउनुभएको थियो त्यहाँ पनि जरा टक्टकाएपछि सबैभन्दा लाटासोझा जनता यहाँ छन् भनेर बारा आएका छन् । उहाँ जितेपछि फूलमाल अबिर लगाउनुबाहेक गर्नु के हुन्छ? मन्त्री खानुहोला त्योभन्दा बढी के गर्नुहुन्छ? विकास गर्नुहुन्छ? उहाँबाट विकास हुन्छ?,’ अध्यक्ष ओलीले भने।
अध्यक्ष ओलीले वैशाख १० गतेको उपनिर्वाचनमा बारा–२ बाट नेकपा एमालेको जित सुनिश्चत रहेको दाबी गरेका छन्।
‘नेकपा एमालेको विजय सुनिश्चित भइसकेको देखेको छु। यहाँ अनेक प्रकारका भ्रमपूर्ण विषाक्त नारा लाग्न सक्छन्। जातिवादी नारा लाग्न सक्छन्। तपाईंहरू सतर्क र सचेत रहनुहोला,’ उनले भने, ‘वर्गीय प्रेम मात्रै सही र साँचो हुन्छ। जातजात भनेर गरिने प्रेम झुटो हुन्छ। उपेन्द्र यादवले जितेर भोकै मर्नुभन्दा अर्कैले जितेर खान लाउन पाए भएन।’
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam