‘अमेरिकी सेना अफगानिस्तानबाट छिटै फिर्ता हुनुपर्थ्यो’


न्यूयोर्क : अमेरिकाको एक अनुसन्धानात्मक प्रतिवेदनले अमेरिका अफगानिस्तानबाट पहिले नै सहजरूपले फिर्ता भएको भए राम्रो हुने देखाएको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ।

राष्ट्रिय सुरक्षापरिषद्ले सन् २०२१ अगष्टमा अमेरिकी सैन्य उपस्थिति फिर्ताको बारेमा सरकारको निष्कर्ष जारी गर्दै एक्कासि अस्वाभाविक निर्णय गरेको थियो। यो निर्णयको सर्वत्र आलोचना भएको थियो।

काबुलको अन्तरराष्ट्रिय विमानस्थलबाट मानिसहरूलाई बाहिर निकाल्दै गर्दा इस्लामिक स्टेटसमर्थितको आत्मघाती बम आक्रमण हुँदा १३ जना अमेरिकी सैनिक र १७० भन्दा बढी सर्वसाधारणको ज्यान गएको थियो।

अमेरिकी सेना फिर्ता भएको केही दिनमै अफगान सरकारको पतन भएको थियो। ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले ‘स्पष्ट रूपमा हामीले अफगानिस्तानमा तालिबान कत्तिको तीव्र गतिमा अघि बढिरहेको छ भन्ने कुराको सूचना प्राप्त गर्न सकेनौं’ भनेर टिप्पणी गरेका छन्।

TOP