पाटन क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका बागी उम्मेदवार विष्ट विजयी
काठमाडौं : ललितपुरको पाटन क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका बागी उम्मेदवार सुशील विष्ट विजयी भएका छन्। गए राति सम्पन्न मतगणनाको परिणामअनुसार विष्ट १६९ मतान्तरले विजयी भएका हुन।
उनले ८४१ मत ल्याउँदा अनेरास्ववियुका उम्मेदवार सुरेश जिसीले ६७२ मत पाए। नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले युवराज लामा (थिङ)लाई स्ववियु सभापतिको टिकट दिएपछि विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए।
सचिवमा अनेरास्ववियुका अभिनाष भण्डारी र कोषाध्यक्षमा अनेरास्वयुविकै तिलक बहादुर कुमाल विजयी भएका छन्।
दुई जना सदस्य अखिल क्रान्तिकारीका विजयी भएका छन्। अन्य सदस्यहरुमा अनेरास्वयुका उम्मेदवार विजयी भएका छन्।
पाटन क्याम्पसमा चैत ५ गते हुन नसकेको स्ववियु निर्वाचन चैत २५ गते भएको थियो।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam