पुर्व प्रधानमन्त्री भट्टराई कपिलवस्तु आउदैँ
कपिलवस्तु – नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई कपिलवस्तु आउनु हुने भएको छ । नेपाल समाजवादी पार्टीका केन्द्रिय सदस्य युवा नेता रहिश शाहको निमान्त्रणमा पुर्वप्रधानमन्त्री भट्टराई भोली सोमबार कपिलवस्तु आउनु हुने उहाँको सचिवालयले जनाएको छ ।
कपिलवस्तुको शिवराज नगरपालिका ५ खैरी गाँउमा मुस्लिमहरुको पवित्र महिना रमजानको अवसरमा आयोजित अफतारी कार्यक्रममा सहभागी हुन पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आउन लाग्नु भएको केन्द्रिय सदस्य रहिस शाहले बताउनुभयो ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका भट्टराईलाई सोमबार बेलुका चन्द्रौटा स्थित शाह कम्पलेक्समा उहाँलाई स्वागत सम्मान गरी खैरीमा साझँ ६ बजे अफतारी कार्यक्रममा सहभागीता जनाउने केन्द्रिय सदस्य शाहले जानकारी दिनुभयो ।
उक्त अफतारी कार्याक्रम पछि पार्टीका नेता कार्यकर्ताहरुसगँ भेटघाट गर्ने कार्यक्रम रहेको छ । उक्त अफतारी कार्याक्रममा नेपाल समाजवादी पार्टीका नेता, कार्यकर्ता, स्थानिय भद्रभलादमी, पत्रकारहरुको सहभागिता रहनेछ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam