पाठ्यपुस्तक उपलब्धतामा अनुगमन गर्न निर्देशन


काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नयाँ पाठ्यपुस्तक उपलब्धता तथा वितरण अवस्थाको अनुगमन गर्न सबै स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइहरूलाई निर्देशन दिएको छ।

विकास केन्द्रले नयाँ शैक्षिक सत्रको लागि समयमा पुस्तक पुर्‍याउन यस्तो अनुगमन गर्न निर्देशन दिएको हो।

‘विद्यालय तहका सबै विद्यार्थीहरूको सिकाइको मुख्य सामग्री पाठ्यपुस्तक नै भएकाले कक्षा १ देखि कक्षा १२ सम्मका सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई विद्यालयमा भर्नासँगै नि:शुल्क पाठ्यपुस्तक सेटमा उपलब्धताको सुनिश्चतता गर्न, वितरण तथा गुणस्तरको अनुगमन गर्न गराउनु अनुरोध छ,’ केन्द्रले जारी गरेको पत्रमा उल्लेख छ।

नयाँ शैक्षिक सत्र २०८० को वैशाख १ गते सुरू हुँदै छ। यसका लागि धमाधम सम्बन्धित ठाउँमा पुस्तक पुर्‍याउने कार्य भइरहेको छ।

TOP