डढेलोका कारण वायु प्रदूषण बढ्यो


काठमाडौं : देशका विभिन्न भागका जंगलमा लागेको डढेलोका कारण काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषण बढेको छ।

विभागका अनुसार काठमाडौं, भक्तपुर, कीर्तिपुर, हेटौंटा, धनकुटालगायतका ठाउँमा अस्वस्थकार हावा छ। वर्षाका गतिविधि कम हुँदा डढेलोका कारण वायुमण्डलमा दूषित हावा थुप्रिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

शनिबार बिहान देशभर मौसम बदली रहेको छ। दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

पहाडी क्षेत्रमा मौसम आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम जिज्ञान विभागले जनाएको छ। तराईका एक दुई ठाउँमा हावाहुरी समेत चल्ने अनुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाले डढेलो र प्रदूषणबाट बच्न आवश्यक सतर्कता अपनाउन सुझाव दिएको छ।

TOP