भीरबाट झरेको ढुंगाले लागेर एकजनाको मृत्यु
ताप्लेजुङ : तमोर नदीमा माछा मारेर फर्किने क्रममा भीरबाट झरेको ढुंगाले लागेर एकजनाको मृत्यु भएको छ।
आठराई त्रिवेणी गाउँपालिका–३ माखातोकका ३० वर्षीय सञ्जय आङबुहाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
घटनास्थलमा कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताए।
आङबुहाङ फुलबारीस्थित सिरुवामा पर्ने तमोर नदीमा माछा मार्न गएका थिए।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam