कपिलवस्तुमा मोटरसाइकल चोरीको घट्ना बढ्दै, चोरी नियन्त्रणमा प्रहरी असमर्थ

शिवराज अनलाइन, कृष्णनगर । कपिलवस्तुमा पछिल्लो समयमा मोटरसाइकल चोरीको घटना बढ्दै गएको छ । जिल्लाको कृष्णनगर, बहादुरगञ्ज, चन्द्रौटा र तौलिहवा लगायतको ठाउँमा मोटरसाइकलको घटना बढ्दै गएको हो । केही महिनादेखि सिमानाकामा रहेको कृष्णनगर बजार क्षेत्र पनि असुरक्षित हुँदै गएको ।

कृष्णनगर र चन्द्रौटा क्षेत्रमा मोटरसाइकल चोरीको बढ्दो घटना क्रमले व्यापारी, यात्रु र स्थानीय जनता त्रासित हुँदै गएका छन् । उनीहरुले यस क्षेत्रमा मोटरसाइकल चोरीको घटना बढ्दै गए पनि प्रहरी प्रशासन मुकदर्शक बनेर बसेको आरोप लगाएका छन् । महिना पिच्छे मोटरसाइकल चोरीको घट्ना बढिरहेको अवस्थामासमेत प्रहरीले चोरी नियन्त्रण गर्न आसमर्थ रहेको उनीहरुको भनाइ छ ।

२१ जनवरी २०२३ मा युपी ५५ एम ४३२१ नम्बर भएको हिरो स्पिलेंडर प्रो मोटरसाइकल कृष्णनगरको यात्री गेटबाट चोरी भएको भएको छ । ११ मार्च २०२३ मा युपी ५५ डब्ल्यु ६९४९ नम्बरको होण्डा साइन ९रातो० रंगको कृष्णनगर बजारबाटै चोरी भएको छ । यसैगरी चैत्र १६ गते कृष्णनगरको यात्री गेटबाट १८० सिसिको पल्सर बाइक इन्डियन नम्बर प्लेटको चोरी भएको स्थानीयले बताएका छन् ।

यस्तै गाड़ी धनी अर्मान खानले लु ७३ प ७६१९ नम्बरको पल्सर २०० सिसी गत चैत्र २३ बिहिवार दिउँसो साढे एक बजेको समयमा जिल्लाको तौलिहवा जिल्ला अदालत अगाडीबाट चोरी भएकोे बताएका छन् । कपिलवस्तु जिल्लाको विभिन्न ठाउँबाट समेत मोटरसाइकल चोरी भएको जानकारी प्राप्त भएको छ । एकातिर राम्रो पार्किंग तथा बजारमा चोरी नियन्त्रणका लागि सिसिटिभी क्यामरा जडानको व्यवस्था भए चोरी नियन्यण हुन सक्ने स्थानीयको आँकलन छ ।

इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक नवराज ढुंगानाले मोटरसाइकल चोरीको निवेदन आएका प्रति खोजतलास भइरहेको जानकारी दिए । हालसम्म ४ ओटा मोटरसाइकल चोरी भएको निवेदन प्रहरी कार्यालयमा आएको बताए । उनले कृष्णनगर सिमानाका क्षेत्रमा आवश्यक प्रहरी गस्ती टोलीसमेत खटाएको बताए ।

इलाका प्रहरी कार्यालय बहादुरगञ्जका प्रहरी निरीक्षक धन बहादुर थापाले बहादुरगञ्ज क्षेत्रमा मोटरसाइकल चोरी भएको लिखित निवेदन नआएको बताए । चोरीको घटना नियन्त्रणका लागि सिमानाका लगायत क्षेत्रमा सक्रिय रुपमा प्रहरी टोली खटिएको उनले बताए ।

यता एसपी प्रेम बहादुर बस्नेतले चोरी भएका मोटरसाइकको खोजतलास भइरहेको बताए । उनले मोटरसाइकल चोरीको घटना नियन्त्रण गर्न आवश्यक खोज अनुसन्धान भइरहेको जानकारी दिए ।

TOP