काठमाडौंमा अझै केही दिन तुँवालोको सम्भावना
काठमाडौं : जल तथा मौसम विभागले उपत्यकामा अझै केही दिन तुँवालोको सम्भावना कायमै रहने जनाएको छ।
सोमबार बिहान हिजोको तुलनामा केही खुले पनि दिउँसो फेरि तुवाँलो बाक्लिने मौसमविद् रोजन लामिछानेले बताए। उनका अनुसार आज बिहान ‘भिजिबिलिटी’ तीन किलोमिटर रहेको छ।
यो आइतबारको तुलनामा १ किलोमिटर बढी खुलेको हो। अहिले बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। दिउँसो गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थान र बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन\चट्याङसहित हल्का तथा क्षणिक वर्षाको सम्भावना रहेको लामिछानेले जानकारी दिए।
अन्य पहाडी भू–भागमा मौसम आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहनेछ। यस्तै लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा भने हावा–हुरीको सम्भावना छ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam