बालेनले बारम्बार संविधान मिचे : सांसद तामाङ
काठमाडौँ : सांसद एवं पूर्वमन्त्री हितबहादुर तामाङले नुवाकोटको सिसडोल बञ्चरेडाँडामा फोहर फाल्दा काठमाडौँ महानगरपालिकाले संविधान मिचेको बताएका छन्।
उनले त्यस क्षेत्रका जनतालाई रोजगार दिने, विकासका पूर्वाधार निर्माण गर्ने, शिक्षामा सहयोग गर्ने, स्वास्थ्यमा सहयोग गर्ने, वातावरण र पर्यावरणको रक्षा गर्ने कुरा गरिए पनि त्यस्तो नभएको बताए।
‘के भयो भने फोहरसँगै कुकुर गयो। बिरालो गयो। काग गयो। चिल गयो। गिद्ध गयो। त्यहाँ पूरै प्रदूषण गर्ने काम भयो। एकप्रकारले त्यहाँका जनतालाई संविधानले नै व्यवस्था गरेअनुसारको संविधानको धारा ३० मा र उपधारा १ र २ मा भएअनुसारको व्यवस्था जसरी पर्यावरण र वातावरणसँग सम्बन्धित समस्याले जनतालाई प्रताडित तुल्याइयो’, नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित उनले भने।
सांसद तामाङले संविधानमा पर्यावरण र वातावरणसँग सम्बन्धित समस्याले पीडित बनाइयो भने तिनलाई राहत दिने भनेर उल्लेख गरिएको जानकारी गराउँदै स्वच्छ वातावरणमा बस्न पाउने नागरिकको अधिकार नदिएर काठमाडौँ महानगरले संविधान मिच्ने, आफ्नो कर्तव्य र जिम्मेवारी बोध नगर्ने र गैरउत्तरदायी ढंगले प्रस्तुत हुने काम गरेको बताए।
सांसद तामाङले सिसडोल बञ्चरेडाँडाका प्रभावित बासिन्दालाई जग्गा अधिग्रहण गरी मुआब्जा दिन र त्यहाँको यथार्थ स्थिति अध्ययन गर्न सर्वदलीय समिति बनाउन माग गरे।
‘उपत्यकाका मेयर साहेब धेरै चर्चामा आउने गर्नुभएको छ। उहाँले पटक पटक संविधान मिच्ने‚ आफ्नो कर्तव्य र जिम्मेवारी बोध नगर्ने र गैरउत्तरदायी ढंगले प्रस्तुत हुने तरिकाले उहाँ चर्चामा आउनु भएको छ। काठमाडौँ महानगरले बारम्बार संविधान मिच्ने र संविधानमा व्यवस्था भएको जनताको अधिकार कुण्ठित तुल्याउने काम गर्न पाइन्न र त्यहाँका जनतालाई फोहरसँग अलग राख्नको निम्ति वैज्ञानिक ढंगले जग्गाको रेखाङ्कन गरी जग्गा अधिग्रहण गरी प्रभावितलाई मुआब्जा दिइयोस्’‚ उनले भने, ‘संसद्ले सर्वदलीय समिति बनाएर यथार्थ स्थिति अध्ययन गरेर सरकारलाई सुझाव दिनको निमित्त प्रतिवेदन तयार गराउने हिसाबले संसद्को ध्यानाकर्षण गराउन चाहन्छु। सभामुखमार्फत सरकारलाई र काठमाडौँ महानगरलाई त्यही किसिमको निर्देशन दिनको निमित्त म हार्दिक अनुरोध गर्न चाहन्छु।’
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam