दिवा खाजा कार्यक्रम फलदायी : मन्त्री शर्मा
काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बालबालिकाको सबल स्वास्थ्यका लागि दिवा खाजा कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरेकी छन्।
‘चाइना फाउण्डेसन फर रुरल डेभलपमेन्ट नेपाल’ले मंगलबार थँहिटीस्थित शान्ति शिक्षा माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा उनले गुणस्तरीय शिक्षाका लागि सबल स्वास्थ्य अनिवार्य शर्त रहेको बताइन्।
‘स्वास्थ्य राम्रो नभइ राम्रो शिक्षा प्राप्त गर्न सकिँदैन,’ उनले भनिन्, ‘राम्रो स्वास्थ्य प्राप्त गर्न यस्ता कार्यक्रम उपलब्धिमूलक हुनेछन्।’ सामुदायिक दिवा खाजा कार्यक्रमलाई देशव्यापी रुपमा विस्तार गरिने उनको भनाइ थियो।
उनले दिवा खाजा विस्तार गर्ने योजनामा चीनले पुर्याएकाे योगदानबाट नेपालले लिएको लक्ष्य प्राप्तिमा महत्वपूर्ण सहयोग भएको बताइन्। सरकारले कर्णाली प्रदेशबाट सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सुरु गरेको थियो।
सरकारले ३ वर्षदेखि पूर्वप्राथमिकदेखि ३ कक्षासम्म र चालू आवदेखि कक्षा ६ सम्म दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आएको छ। प्रतिदिन प्रतिविद्यार्थी १५ रूपैयाँका दरले विद्यार्थीलाई दिवा खाजा खुवाउने कार्यक्रम गरिरहेको छ।
नेपालको सूचना प्रविधिको क्षेत्रमा चीनले ठूलो योगदान दिएको उल्लेख गर्दै उनले सूचना प्रविधिको पहुँच र गुणस्तर बढाउने कार्यक्रममा चीनले सहयोग गर्ने विश्वास व्यक्त गरिन्। चीनले नेपाललाई जुनसुकै अप्ठ्यारो अवस्थामा सहयोग गर्दै आएको उनको भनाइ थियो।
नेपालका लागि चीनका राजदूत चेन सोङले कोरोना महामारी तथा विभिन्न प्रकोपमा चीनले नेपाललाई सहयोग गर्दै आएको बताए। काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले सो संस्थाले कामपाका विभिन्न सामुदायिक विद्यालयमा झोला, सरसफाइ सामग्री र न्यानो कपडा वितरण गर्दै आएको बताए।
कामपाका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले सरकारले उपलब्ध गराउँदै आएको रकममा कामपाले प्रतिविद्यार्थी १० रूपैयाँ थपेर चालू वर्षदेखि कक्षा ८ सम्म खाजा खुवाउने कार्यक्रम सुरु गरेको बताए।
विकासोन्मुख देशमा गरिब पृष्ठभूमिका प्राथमिक स्तरका बालबालिकाले सामना गर्ने भोकमरीको समस्यालाई सम्बोधन गर्न फाउण्डेसनले एक वर्षदेखि विभिन्न सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रममा सहयोग गर्दै आएको छ।
सो संस्थाले नेपालको शिक्षा, स्वास्थ्य, खानेपानी, पोषण, सीप तथा सामुदायिक विकासमा सहयोग गर्दै आएको छ। काठमाडौं महानगरभित्रका १० र सामुदायिक विद्यालयमा फाउण्डेसनको सहयोगमा दिवा खाजा कार्यक्रम लागू भएको छ।
यी विद्यालयमा १० हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। ती विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले पोषणयुक्त खाजाका साथै १ सय ५० मिलिलिटर दूध पाउँदै आएका छन्।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam