दुई लाख भारुसहित सप्तरीमा भारतीय नागरिक पक्राउ
७ बैशाख, राजविराज : तिलाठी कोइलाडी गाँउपालिका–१ स्थित खाँडो खोलाबाट भारतीय नोटसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त खटिएको टोलीले बुधबार दुई लाख १२ हजार भारतीय नोटसहित भारतको विहार राज्यअन्तर्गत मधेपुरा जिल्ला ग्रामपञ्चायत रायभिर वडा नं १५ थाना वसन्तपुर घर भएका ४१ वर्षका विधानन्द कुमार विमललाई नियन्त्रणमा लिएको हो।
जाँच गर्ने क्रममा भारततर्फबाट नेपालतर्फ पैदल हिँड्दै आउँदै गरेका उनका साथबाट दुई हजारको चार थान, पाँच सयको घ८८ थान र २०० को ५० थान गरी जम्मा दुई लाख १२ हजार भारतीय नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रहरीले भारतीय रुपैयाँसहित नियन्त्रणमा रहेका विधानन्दलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाएको प्रहरी नायब उपरीक्षक नरेश सिंहले जानकारी दिए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam