आज आमाको मुख हेर्ने दिन
७ बैशाख, काठमाडौं : वैशाख कृष्ण औँसी। नेपाली समाजमा यो तिथि आमाको मुख हेर्ने दिनको रूपमा परिचित छ।
दुःखकष्ट खेपेर ९ महिनासम्म कोखमा राख्ने, जन्मिसकेपछि अमृततुल्य दूध र वात्सल्य दिएर हुर्काउने आमाको सम्मानमा यो पर्व मनाइन्छ।
छोराछोरीले आज बिहानै उठी स्नान गरी आमालाई मनपर्ने खाद्यपदार्थ खुवाउने, लुगाफाटोजस्ता उपहार दिने र उनीसँग आशीर्वाद थाप्ने चलन छ। आमा नभएका भने तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादान गरेर उनको सम्झना गर्छन्।
मनुस्मृतिमा ‘सहस्रं तु पितृन् माता गौरवेणाऽतिरिच्यते’ अर्थात् माता पिताभन्दा हजार गुणले गौरवपूर्ण हुन्छिन् भनिएको छ। अरुको ऋण विभिन्न उपायबाट तिर्न सजिलो हुने भए पनि मातृऋण अर्थात् दूधको भारा तिर्न साह्रै कठिन हुन्छ भन्ने मान्यता छ। ‘कुपुत्रो जायते क्वचदपि कुमाता नभवति’ अर्थात् सन्तान खराब बन्न सक्छन् तर आमा छोराछोरीका लागि खराब कहिल्यै हुन सक्दिनन् भन्ने मान्यता छ।
महाभारतको वन पर्वमा ‘पृथ्वीभन्दा पनि ठूलो चीज के हो’ भन्ने यक्षको प्रश्नमा युधिष्ठिरले ‘आमा’ भन्ने जवाफ दिएका छन्, ‘संसारमा पृथ्वीभन्दा ठूली आमा हुन्।’
आमाको मुख हेर्ने औँसीसमेत भनिने आजको दिन दिवङ्गत आमाको सम्झनामा राजधानीको पश्चिमी भेगस्थित चन्द्रागिरी नगरपालिका–६ थानकोट नजिकैको मातातीर्थमा मेला लाग्छ। आमा नहुनेहरूले यहाँ श्राद्ध–तर्पण गर्छन्।
बिहीबार १०:५४ घडीपला अर्थात् बिहान ९:५९ बजेसम्म मात्र औँसी तिथि रहेको पञ्चाङ्गमा उल्लेख छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam