‘उज्ज्वल भविष्यका लागि शिक्षक र विद्यार्थीमा लगानी गर’
८ बैशाख, काठमाडौं : शिक्षकहरूले विद्यार्थीको उज्ज्वल भविष्यका लागि शिक्षक र विद्यार्थीमा लगानी गर्न सरकारसँग माग गरेका छन्। शुक्रबार नेपाल शिक्षक संघ (एनटिए), नेपाल राष्ट्रिय शिक्षक संगठन (एनएनटिए) र संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु)ले एक कार्यक्रम आयोजना गर्दै यस्तो माग गरेका हुन्।
यी शिक्षक संगठनले अन्तराष्ट्रिय शैक्षिक संस्थाको सहकार्यमा आजदेखि विभिन्न शैक्षिक मुद्दालाई लिएर युनाइट कार्यक्रम आयोजना गरेका छन्। इष्टुका अध्यक्ष होमकुमार थापाका अनुसार यो कार्यक्रम तीन दिनसम्म चल्नेछ। यो कार्यक्रममा शैक्षिक बहस गर्ने उनले बताए।
उनका अनुसार शिक्षकहरूको हकअधिकार, समस्या पहिचान,समाधान लगायत विषयमा छलफल तथा तालिम सञ्चालन हुनेछ। यी शिक्षक संघ, संगठनहरूकाे २०३० सम्मदिगो विकास लक्ष्य हासिल गर्न कुल राष्ट्रिय बजेटको २० प्रतिशत वा कुल गार्हस्थ उत्पादनको ६ प्रतिशत हरेक वर्ष शिक्षामा लगानी गर्नुपर्ने, शिक्षकहरूको तालिममा सुधार गर्नुपर्ने, शिक्षकहरूको समस्या समाधान गर्नुपर्ने माग छ।
नेपाल शिक्षक संघका फोकल पर्सन एमपी भुसालले ८ महिनासम्म तलब नदिँदा शिक्षकहरू मारमा परेको समस्या सुनाए। ‘राज्यले शिक्षकहरूको समस्या समाधान गर्ने राज्यको दायित्व हो तर पूरा गरेन। जेठ १५ सम्म हेर्छौ माग पूरा नभए आन्दोलन हुन्छ। शिक्षकहरूका तलबलाई सम्मानजनक र प्रतिस्पर्धी बनाउनुपर्छ’‚ उनले भने।
शिक्षकहरूले गुणस्तरीय शिक्षाका लागि योगदान दिइरहेको र केहीमा कमी कमजोरी भए सुधार्दै जाने उनले प्रतिबद्धता जनाए।
नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णुप्रसाद भण्डारी र नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरिले शिक्षकहरूको कदर र विद्यार्थीहरूको सिकाइ सुधार भए मात्रै शिक्षाको गुणस्तर बढ्ने र विद्यार्थीको उपलब्धि पनि बढ्ने भएकाले शिक्षा क्षेत्रमा देखिएको समस्या समाधानमा सरकारले गम्भीर रूपले लिनुपर्ने बताए।
शिक्षाको गुणस्तर सुधार र कमीकमजोरीबारे पत्रकारहरूको जिज्ञासा तथा प्रश्नको जवाफ दिँदै नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष भण्डारीले भने, ‘हामीले शिक्षा सुधारका लागि काम गरिरहेका छौँ। कमीकमजोरी सुधार हुँदै जान्छन् तर यसमा तीन तहकै सरकारको महत्त्वपूर्ण भूमिका पनि रहन्छ। हाम्रा तर्फबाट शिक्षकहरूलाई दिने तालिम भइरहन्छ।’
लक्ष्य हासिल गर्न बहस र छलफल आवश्यक : शिक्षा मन्त्रालय
उक्त कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका डा. सहसचिव हरि लम्सालले यस्तै बहस, छलफलबाटै शिक्षकको माग सम्बोधन हुने, शिक्षामा लगानी बढ्ने, शिक्षा क्षेत्रमा देखिएको समस्याको समाधान हुँदै जाने र दिगो विकासको लक्ष्यमा पुग्न सकिने बताए।
उनले अहिलेसम्म संघीय शिक्षा ऐन जारी नभएकाले सबैको छलफलपछि छिटै जारी गर्नु आवश्यक रहेको बताए। उनले भने, ‘ऐन जारी गर्ने ढिलो भइसक्यो। यसमा सबैको साथ सहयोग आवश्यक छ।’ ऐन जारी नभएकै कारण कतिपय योजना तथा नीतिगत काम रोकिएको उनको भनाइ छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam