आज नेपाल कम्युनिष्ट पार्टीको ७५औँ स्थापना दिवस
९ बैशाख, काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीको ७५औँ स्थापना दिवस। २००६ साल वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको सम्झनामा यो दिवस मनाइन्छ।
२००६ साल वैशाख ९ गते भारतको कोलकातामा पुष्पलाल श्रेष्ठ, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठको पहलमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको हो।
तत्कालीन नेपाली राष्ट्रिय कांग्रेसमा रहेका पुष्पलालले २००५ चैत २३ गते ‘कम्युनिष्ट घोषणापत्र’को नेपाली अनुवाद प्रकाशन गरेका थिए। पछि राष्ट्रिय कांग्रेसबाट राजीनामा दिई उनले नेपाल कम्युनिष्ट पार्टी २००६ वैशाखमा भारतकै कोलकातामा स्थापना भयो।
स्थापनाकालदेखि नै विवादमा परेको कम्युनिष्ट पार्टी त्यसयता एकीकरण र मातृपार्टी कम्युनिष्ट विचारधाराबाट विचलित भएको भन्दै फुटको शृङ्खला चल्दै आएको छ। कम्युनिष्ट पार्टीमा पहिलो पटक केशरजंग रायमाझीका कारण २०१९ सालमा फुट आएको थियो। त्यसपछि टुट्ने र फुट्ने क्रम अहिलेसम्म रोकिएको छैन। कम्युनिष्ट पार्टीलाई एक बनाउने अभियान समय–समयमा हुँदै आएको छ।
टुटफुटले कम्युनिष्ट पार्टीलाई मात्रै नभएर सिङ्गो आन्दोलनलाई पछि पारिरहेको पाका कम्युनिष्ट नेताहरूको दाबी छ। उनीहरू नेपालमा कति कम्युनिष्ट पार्टी छन् भन्ने संख्या यकिन नरहेको दाबी गर्ने गरेका छन्।
निर्वाचन आयोगमा कम्युनिष्टकै नाममा दर्ता भएका पार्टी मात्र १४ वटा छन्। आयोगमा दर्ता भएका कुल दलको यो १२.५ प्रतिशत हो।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam