लोकतान्त्रिक प्रणाली र संविधानको रक्षा गर्न दृढ छु : प्रचण्ड
९ बैशाख, काठमाडौं : प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लेनेपालीलाई सामाजिक न्यायसहितको समृद्धिको नयाँ युगमा पुर्याउन सरकार कटिबद्ध रहेको बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टीको ७५ औँ स्थापना दिवसका अवसरमा शुभकामना दिँदै उनले लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशीता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समाजवादोन्मुख नयाँ संविधानको सफल कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। उनले देश अहिले विकास, समृद्धि, स्थिरता र सुशासनको व्यावहारिक अभ्यासको चरणमा प्रवेश गरेको दाबी गरेका छन्।
‘शान्ति, समृद्धि र स्थायित्वको ऐतिहासिक जिम्मेवारी पूरा गर्ने दायित्व हाम्रो सामुन्ने छ’, उनले भनेका छन्,‘प्रतिगमन विरोधी वामपन्थी तथा लोकतान्त्रिक शक्तिको वर्तमान गठबन्धन प्राप्त उपलब्धि, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षा गर्न दृढ छु।’
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन अपिल गरेका छन्।
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
-
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
६० घण्टापछि माटोमुनिबाट जीवित भेटिइन् ६ वर्षीया मनिषा
भदौ १३, २०८३
रसुवा । भोटेकोसी बाढीमा बेपत्ता भएकी रसुवाको गोसाईकुण्ड गाउँपालिका–२, टिमुरेकी ६ वर्षीया बालिका मनिषा मगरलाई करिब ६० घण्टापछि जीवितै उद्धार गरिएको छ।…



ghanashyam