प्रचण्डमाथि ओलीको कटाक्ष : जित्नु न सित्नु मन्त्री बनाउँछु भन्दै हिँडे
९ बैशाख, काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री बनाउँछु भन्दै झुठो आश्वासन बाँडेको बताएका छन्।
शनिबार नेपाल कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले चुनावी सभामा उम्मेदवारलाई जिताए मन्त्री बनाउँछु भन्दै प्रचण्डले झुठो आश्वासन दिएको बताएका हुन्।
‘यहाँ यत्रा सांसद छन् मन्त्री बनाउन सकेको छैन्। तनहुँ, चितवन र बारा गएर मन्त्री बनाउँछु भन्दै हिँडेका छन्। चुनाव अगाडि सबैलाई मन्त्री बनाउँछु भनेका अहिले कहाँ बनाएको छ त? फेरी जित्नु न सित्नु मन्त्री बनाउँछु भन्दै गएका छन्। ढाँट्न कति सकेको? तनहुँ गएर भानुभक्त, लेखनाथ, सहीदको कुरा गरेनन्। बाटोको अनुशरण गर्छु भनेनन्। उनीहरूले सरकारी हेलिकप्टरमा गएर प्रलोभन बाँडे,’ उनले भने।
प्रधानमन्त्री प्रचण्डले केही दिन अगाडि तनहुँमा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई चुनाव जिताएर पठाए आफूले मन्त्री बनाउने आश्वासन दिएका थिए।
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…



ghanashyam