आईपीएल क्रिकेट : पञ्जाब किंग्सले मुम्बई इण्डियन्सलाई हरायो
१० बैशाख, एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्स पञ्जाब किंग्ससँग पराजित भएको छ। गएराति वांगखडे क्रिकेट स्टेडियममा पञ्जाबले मुम्बईलाई १३ रनले पराजित गरेको हो।
पञ्जाबले दिएको २१५ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०१ रन मात्र बनाउन सक्यो। मुम्बईका लागि सुर्यकुमार यादव र क्यामरुन ग्रीनले अर्धशतकीय ईनिङ खेले। ग्रीनले ४३ बलमा ६ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ६७ रन बनाए। सूर्यकुमारले २६ बलमा ७ चौका र ३ छक्काको सहयोगमा ५७ रन बनाए।
यस्तै कप्तान रोहित शर्माले २७ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ४४ रन बनाए। टिम डेबिडले १३ बलमा २ छक्काको सहयोगमा अविजित २५ रन बनाए।
पञ्जाबका लागि अर्शदिप सिंहले ४ तथा लियम लिविंस्टोन,नाथन एलिसले १/१ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २१४ रन बनाएको थियो। सात खेलमा चार जित र तीन हार व्यहोरेको पन्जाब १० टोली सहभागी प्रतियोगिताको पाँचौँ स्थानमा उक्लिएको छ। छैटौँ खेलमा तेस्रो हार व्यहोरेको मुम्बई अंक तालिकाको सातौँ स्थानमा कायमै रहेको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam