साँचो छानविन गरे सबै नेता जेल जान्छन् : महासचिव विप्लव
१० बैशाख, काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले भ्रष्टाचार देशको समस्याको रूपमा रहेको बताएका छन्। आइतबार शिक्षा पत्रकार समूहले आयोजना गरेको शिक्षा बहस कार्यक्रममा बोल्दै महासचिव विप्लवले देशका भ्रष्टाचारको समस्या रहेको बताएका हुन्। उनले अहिले नेपालमा नेता बन्ने भनेकै पैसा कमाउन हो भन्ने खालको मानक बनेको बताए।
महासचिव विप्लवले भ्रष्टाचारको छानविन गर्ने हो भने एकले अर्कोलाई आरोप लगाएर सबै जेल जाने बताए। सत्तारूढ र सत्ताबाहिर बसेका सबै नेताहरूलाई अर्ब रुपैयाँभन्दा कमको चार्ज नभएको उनले बताए।
‘०६४-०६५ पछि म के देख्छु भने हरेक संगठनको दृष्टिकोण भनेको आर्थिकमा गएर जोडियो। नेपालका प्रायजसो ट्रेड युनियनहरू या संगठनहरू नेता बन्नु भनेको पैसा कमाउनु हो भन्ने बन्यो। त्यो विद्यार्थीहरूको दोष होइन पार्टीको दोष हो। विद्यार्थीहरूले त सिक्ने हो। नकारात्मक पनि सिक्ने हो। सकारात्मक पनि सिक्ने हो। सकारात्मक सिकेर बलिदानीतिर गएको भए त्यसरी नै विद्यार्थीहरू तयार हुन्थे। मैले आरोप लगाएको होइन नेपालका मान्छेहरू यदी छानविन गर्ने हो भने एकले अर्कोलाई आरोप लगाएर सबै जेल जाँदैनन् ? सबै जान्छन् नि पालोपालो,’ उनले भने।
महासचिव विप्लवले राजनीतिक क्षेत्रमा भ्रष्टिकरण हुनुले अन्य सबै क्षेत्रमा असर परेको बताए। उनले आफ्नो पार्टी र संगठनहरूमा भ्रष्टाचार नभएको दाबी गर्नुभयो। उहाँले शिक्षालाई उत्पादनसँग जोडेर अगाडि बढ्नुपर्नेमा जोड दिए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam