आफ्नो बचाउमा उत्रिए मुख्यमन्त्री, आयोगको विज्ञप्तिप्रति आपत्ति
१० बैशाख, काठमाडौं : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले निर्वाचन आयोगको विज्ञप्तिप्रति आपत्ति जनाएका छन्।
आइतबार आफूलाई स्पष्टीकरण सोधिएको विषयको विज्ञप्तिप्रति आपत्ति जनाउँदै मुख्यमन्त्री यादवले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित तवरबाट सम्पन्न गर्न आफूहरू तत्पर रहेको बताए।
‘निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को उल्लंघन कुनै पनि राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले जारी गरेको आचारसंहिता उल्लंघन हुनु हुँदैन भन्ने स्पष्ट दृष्टिकोण र मान्यता मधेश प्रदेश सरकारको रही आएको छ। हामी निर्वाचन निष्पक्ष हुनेमा विश्वस्त रहेका छौँ। यस प्रदेशमा निर्वाचनको लागि निर्वाचन आयोग नेपाल, राजनीतिक दल, सम्पूर्ण उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी र निकायसहित आम जनतालाई धन्यवाद दिँदै आजको निर्वाचनमा सहभागी हुन अनुरोध गर्दछौँ,’ उनले भनेका छन्।
मुख्यमन्त्री यादवले निष्पक्ष, भयरहित तवरबाट निर्वाचन सम्पन्न गर्न गराउन आफूहरूले प्रतिबद्धता गरेकोमा त्यस प्रतिबद्धतामा रति भर आँच नआउने गरी मधेश प्रदेश सरकारको तर्फबाट निर्वाचन आयोग, नेपाललाई आश्वस्त र विश्वस्त गराउने वचन दिएका छन्।
मुख्यमन्त्री यादवलाई आयोगले सोधेको छ, ‘तपाई त्यहाँ जाँदा प्रयोग गरेको सवारी साधन र सुरक्षा व्यवस्था सरकारी हो, होइन? तपाईँको यो कार्यले पदको गरिमा र निर्वाचन आचार संहिता, २०७९ को दफा ५ को उल्लंघन हुन्छ, हुँदैन? निर्वाचन आचारसंहिता उल्लंघन गरेकोमा तपाईँलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिम कारबाही किन नगर्ने? भनी २४ घण्टा भित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ।’
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam