महोत्तरीमा प्रहरी र स्थानीयबीच झडप, ५ सुरक्षाकर्मी घाइते
११ बैशाख, काठमाडौं : महोत्तरीमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा ५ जना सुरक्षाकर्मी घाइते भएका छन्। यही वैशाख ८ गते गौशाला नगरपालिका-४ मल्हनिया पोखरीकी २५ वर्षीया आरतीदेवीको मृत्युको विषयलाई लिएर प्रदर्शन भएको थियो।
प्रदर्शन उग्र बनेपछि स्थिति नियन्त्रणमा लिने क्रममा जनपद प्रहरीका २ जना र सशस्त्र प्रहरीका ३ जना घाइते भएका महोत्तरीका प्रवक्ता एवं प्रहरी निरीक्षक महेश खड्काले थाहाखबरलाई जानकारी दिए।
स्थिति नियन्त्रणमा लिन ९ राउण्ड हवाई फायर र १३ सेल अश्रुग्याससमेत प्रयोग गर्नुपरेको प्रहरी निरीक्षक खड्काले बताए। आरतीदेवी विष पिएको अवस्थामा भेटिएकी थिइन्। उनको मृत्यु शंकास्पद भएको भन्दै उनका माइतीपक्षले प्रदर्शन गरेका हुन्।
उक्त घटनामा प्रहरीले मृतकका पति उमेश साहलाई पक्राउ गरिसकेको छ तर मृतकका आफन्तले साहको परिवारका अन्य सदस्यहरुलाई पनि पक्राउ गर्नुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन्।
प्रदर्शनका क्रममा उनीहरुले आरोपी साहलाईको घर नै तोडफोड गर्ने र अन्य सदस्यसमेत असुरक्षित भएपछि बल प्रयोग गर्नुपरेको प्रहरी निरीक्षक खड्काले स्पष्ट पारे।
घटनामा उनका श्रीमानलाई पक्राउ गरी अनुसन्धान भइरहेकाले अन्य व्यक्तिको संलग्नता खुलेमा पक्राउ गरिने प्रहरीले जनाएको छ तर प्रदर्शनकारीहरूले मृतकका सासू, नन्द, जेठाजुलगायतलाई पक्राउ गरी घटनाको छानबिन गर्नुपर्ने माग राखेका छन्।
उनीहरुले टायर बालेर सडक अवरुद्ध गरेका थिए। अहिले प्रहरी प्रशासनसहित पीडित र पीडकपक्षबीच छलफल भइरहेको छ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam