‘घुस्याहा कर्मचारी र नेताले बोरामा पैसा लुकाएको सुनिन्छ, ५ सय र हजारका नोट छाप्न बन्द गरौं’

१३ बैशाख, काठमाडौं : राष्ट्रियसभा सदस्य डा.खिमलाल देवकोटाले ५ सय र हजार रुपैयाँका नोट छाप्न बन्द गर्न सरकारसँग आग्रह गरेका छन्।

राष्ट्रियसभा बैठकमा बुधबार बोल्दै उनले राज्यका सबै निकायमा भ्रष्टाचार मौलाएकाले त्यसलाई नियन्त्रण गर्न सरकारलाई यस्तो सुझाव दिएका हुन्।

‘बजारमा लगानी गर्नुपर्ने पैसा घुस्याहा कर्मचारी, घुस्याहा नेता र दलाल विचौलियाहरुले बोराका बोरा लुकाएर राख्ने गरेका छन् भन्ने सुनिन्छ । मेरो अनुरोध छ रु ५ सय र रु एक हजारका नोट छाप्न बन्द गरियोस् र बजारबाट सबै नोट खिचियोस् । उनले भने ‘यसले केही हदसम्म भ्रष्टाचार नियन्त्रणमा सहयोग पुर्‍याउँछ।’

तीनै तहमा उत्पादनमुखी भन्दा पनि वितरणमुखी कार्यक्रम तर्जुमा र कार्यान्वयनमा होडबाजी रहेको उनले बताए। प्रदेश र स्थानीय तहले अहिलेसम्म पनि सरकारको अनुभूति हुने गरी काम गर्न नसकिरहेको उनको भनाइ छ।

TOP