प्रदेश सरकारहरूको नेतृत्व आलोपालो : माधव नेपाल
१५ बैशाख, काठमाडौँ : नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रदेश सरकारहरूको नेतृत्व आलोपालो हुने बताएका छन्।
शुक्रवार समाजवादी प्रेस संगठन नेपाल धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले प्रदेश सरकारहरूको नेतृत्वमा दलहरूबीच आलोपालो हुने बताएका हुन्। उनले प्रदेश सरकारहरू धमाधम परिवर्तन हुन थालेका भन्दै एकीकृत समाजवादी पनि प्रदेश सरकारमा सामेल हुने बताए।
उनले जनमत नै मिलेर सरकार बनाउने रहेको उल्लेख गर्दै पार्टीको संख्यात्मक कुरालाई ध्यानमा राखी गठबन्धनका दलहरूका बीचमा बाँडफाँड हुने बताए। कुनै एक दलको बहुमत नरहेकाले सरकार निर्माण्मा अन्य पार्टीको भावनालाई पनि ध्यान दिनुपर्ने बताए।
उनले भने‚ ‘कसैकसैले के भन्छन् भने आलोपालो गर्नु हुँदैन। यो संसारमा कहीँ सम्भव छ ? यो कुरा उठाउने मान्छेले पनि मौका पाएको भए छोड्थ्यो? अरूलाई बडो उपदेश दिने मान्छेहरू। जब जनताले नै मिलेर गर भनिसकेपछि कुनै एउटा पार्टीको बहुमत नहुँदाखेरी के गर्छन्? अरू पार्टीको भावनालाई पनि ध्यानमा राख्नुपर्छ। नीति र कार्यक्रम मिल्नुपर्यो। त्यसपछि पार्टीको सन्तुलनलाई पनि ध्यानमा राख्नुपर्यो। त्यसकारण हाम्रो पार्टी प्रदेश सरकारहरूमा सहभागी हुनेछ।’
अध्यक्ष नेपालले समाजवादमा प्रतिबद्ध हुने पार्टीहरूबीच समाजवादी मोर्चा बनाउने तयारी रहेको जानकारी दिए। उनले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जसपा एकताबद्ध हुने कुरा पनि भइरहेको बताए उनले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लगायतका अन्य पार्टीहरूसँग पनि मोर्चा बनाउने विषयमा छलफल भइरहेको बताए।
उनले भने‚ ‘समाजवाद बाहेक नेपालको विकासको अर्को कुनै सम्भावना छैन। समाजवाद भनेको समानता र सामाजिक न्याय, विकास र समृद्धिको अर्को नाम हो। त्यसमा प्रतिबद्ध पार्टीहरूबीच हामी समाजवादी मोर्चा बनाउने सोच बनाइरहेका छौँ। यसको निम्ति नेकपा (एकीकृत समाजवादी), नेकपा(माओवादी केन्द्र) र जनता समाजवादी पार्टीलाई एकताबद्ध गर्नुका साथै नेकपा विप्लव समूहसँग पनि कुरा भएको छ। अरू पार्टीसँग पनि हामी कुरा गर्न गइरहेका छौँ। साझा विषयमा सहकार्य गर्न हामी सबैसँग हातेमालो गर्नेछौँ । विचार, सिद्धान्त, नीति मिलेका पार्टीहरूबीच एकताको पहल गर्नेछौँ।’
उनले एकीकृत समाजवादी एमाले वा अन्य कुनै पार्टीहरूसँग विलय भने नहुने स्पष्ट पारे आफूहरू समानताको सिद्धान्तको आधारमा र वैचारिक एकरूपताको आधारमा जोसँग पनि हातेमालो गर्दै अघि बढ्ने उनको कथन छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना
भदौ १६, २०८३
काठमाण्डौ – आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । साथै आज राति…



ghanashyam