अयोग्य लडाकुलाई दुई लाख दिने सरकारी निर्णय मलाई थाहा छैन : अर्थमन्त्री महत
१५ बैशाख, काठमाडौँ : अर्थमन्त्री डा.प्रकाशशरण महतले अयोग्य लडाकुलाई दुई लाख दिने मन्त्रिपरिषद्को निर्णयबारे अनभिज्ञ रहेको बताएका छन्।
शुक्रवार राष्ट्रिय युवासंघले अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने सरकारको निर्णयविरुद्धको ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन्।
उनले पैसा बाँड्ने कार्यविधि मन्त्रिपरिषद्ले पास गरेर अघि बढाउनेबारे हाफूलाई जानकारी नभएको पनि बताए। उनले आफू अर्थमन्त्री भएपछि अर्थ मन्त्रालय र मन्त्रिपरिषद्ले अयोग्य लडाकुलाई दुई लाख दिने निर्णय नगरेको स्पष्ट पारे। उनले अयोग्य लडाकुलाई दुई लाख दिने निर्णय अर्थमन्त्रीले गरेको भन्ने समाचार बाहिर आए पनि आफू अर्थमन्त्री भएपछि यस्तो खालको निर्णय अर्थ मन्त्रालयमा नभएको बताए।
उनले बजेटमा व्यवस्था भएअनुसार त्यसको कार्यविधि गृह मन्त्रालयले बनाउने भएकाले गृह मन्त्रालयले कार्यविधि बनाउने विषय थाहा नभएको जानकारी दिए। उनले आफू अर्थमन्त्री भएर आएपछि अयोग्य लडाकु लगायतका विषयमा अर्थ मन्त्रालय संलग्न नभएको दोहोर्याए। अर्थमन्त्री महतले नेकपा माओवादीको चिन्ता, चासो माग भए पनि सम्बोधन गर्नुपर्ने ठाउँमा सम्बोधन गरी सत्य निरूपण आयोगबाट समाधान गर्दा उत्तम हुने धारणा राखे।
उनले भने, ‘अयोग्य लडाकुको विषय धेरै अघिदेखि अदालतसम्म पुगेको विषय हो। त्यसबाट पनि एउटा निर्णय भएर आयो। यो विषयमा अगाडि बढाउने सन्दर्भमा मैले निर्णय गरेँ भनेर कतिपय मिडियामा आयो। म अर्थमन्त्री भएर आएपछि यस्तो खालको निर्णय अर्थमन्त्रालयमा भएको छैन। मलाई जानकारी भएसम्म अयोग्य लडाकुलाई पैसा बाँड्ने भन्ने विषय आएको थिएन। पैसा बाँड्ने कार्यविधि मन्त्रिपरिषद्ले पास गरेर अघि बढाउनेबारे मलाई जानकारी छैन। बजेटमा व्यवस्था भए अनुसार त्यसको कार्यविधि गृहमन्त्रालयले बनाउने हो।’
अर्थमन्त्री डा. महतले सरकार अनावश्यक खर्च गर्ने, नचाहिने ठाउँमा राज्यको ढुकुटी खर्च गर्ने, भ्रष्टाचार गरी बेथिति गर्ने कुनै पनि काम सरकारबाट नहुने बताए। उनले अर्थमन्त्री महतले आफू कुनै पार्टी र व्यक्तिलाई राज्यको ढुकुटीबाट पोस्ने काम नगर्ने प्रतिबद्धता व्यक्त गरे।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam