यही सरकार रहिरहे देश टाट पल्टिन्छ : ओली
१९ बैशाख, काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही सरकार रहँदासम्म देश टाट पल्टिने बताएका छन्।
काठमाडौंमा आयोजित पार्टीको मिशन ग्रासरुट अभियानको समीक्षा कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले डेढ वर्षभित्र ओरालो लागेको अर्थतन्त्र फर्काउन नसकिए देश असफल राष्ट्र बन्ने बताए।
‘अहिले मूल्यवृद्धिबाहेक केही बढेको छैन। सबै डामाडोल छ। देश ध्वस्त हुने स्थितिमा छ। सत्तासीन दलहरू सत्ता भागवण्डामै रमाइरहेका छन्। अरू पनि लाइनमा लागेका छन्।’ ओलीले भने, ‘प्रदेश र स्थानीय तहको समपुरक अनुदान ५० प्रतिशत कटौती गरिसकेको छ। अब स्थानीय स्तरमा विकास निर्माण गराएको पैसा स्थानीय र प्रदेश सरकारले कसरी तिर्ने?’
देश आर्थिक रुपमा टाट पल्टँदै गर्दा सत्तापक्षीय उद्योगपतिले ४० अर्ब नाफा कमाएको भन्दै ओलीले कटाक्ष गरे। उनले मुलुकमा आइपर्ने आर्थिक संकट पार लगाउन एमालेले मात्रै सक्ने जिकिर पनि गरे।
अब आउने निर्वाचनमा एमालेले एक्लै ५१ प्रतिशत मत ल्याउने उनको दाबी छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam