हिमपहिरोमा बेपत्ता तीनजनाको शव भेटियो
२० बैशाख, काठमाडौं : दार्चुलाको व्यास गाउँपालिका-१ बेलिनमा गएको हिमपहिरोमा परी बेपत्ता हुनेमध्ये तीनजनाको शव भेटिएको छ।
हिजो दिउँसो गएको हिमपहिरोमा पुरिएका ५ मध्ये दुई महिला र एक युवकको शव फेला परेको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए।
उनका अनुसार दुई महिलाको सनाखत भएको छैन भने युवक जुहु गाउँपालिका-४ का १८ वर्षीय प्रवीण कुँवर रहेका छन्।
भौगोलिक कठिनाइका कारण फेला परेका शव निकाल्न नसकिएको प्रजिअ जोशीले बताए। बाँकी बेपत्ता दुईजनाको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खटिएको छ। यार्सागुम्बा खोज्न १२ जना बोलिनतिर गएका थिए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam